मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ चैत १० शुक्रबार १०:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भाटभटेनी सुपर स्टोरको नयाँ शाखा वीरगन्जमा

Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार १०:४९:००

मधेस प्रदेशको पहिलो भाटभटेनी सुपर स्टोर वीरगन्जमा सञ्चालनमा आएको छ । वीरगन्जको बहुअरीमा भाटभटेनीको २४औँ शाखा बिहीबारदेखि सञ्चालनमा आएको हो ।पर्सा र बारासँगै सीमावर्ती भारतीय सहरका उपभोक्तालार्ई पनि लक्षित गरी देशकै सबैभन्दा ठूलो शाखा सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार वीरगन्जमा पनि अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको हो । यसका साथै सीमावर्ती भारतीय सहरका उपभोक्तालाई पनि लक्षित गरिएको उनले बताए । यो स्तरको सुपर मार्केट भारतमा मात्र नभई दक्षिण एसियाका अन्य देशमा पनि नभएको उनको भनाइ छ । 

देशको मुख्य औद्योगिक नगरी तथा मधेस प्रदेशको सबैभन्दा ठूलो बहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुसी लागेको गुरुङको भनाइ छ । स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ । 

स्टोरको भौतिक संरचना र सामानसहितको लागत दुई अर्ब ५० करोड रुपैयाँ रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । दुई बिघा १० कट्ठा क्षेत्रफलमा निर्मित साततले स्टोरमा दुई लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको उल्लेख छ ।