Skip This
सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ९ बिहीबार १५:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १५:४४:oo

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्तागठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले यस्तो बताएका हुन् । निर्वाचनअघिकै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने उल्लेख गर्दै उनले गठबन्धनलाई पाँच वर्ष नै टिकाउन पार्टीले भूमिका खेल्ने बताए ।

‘अहिले जुन कोर्स करेक्सनको कुरा छ, अर्थात् प्रि इलेक्सन अनाउन्सअघिको गठबन्धन सुरु भएको छ । त्यति वेला नेपाली कांग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो । त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिबकरिब बहुमत आएको थियो । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने निर्णय गरेको जानकारी दिए । उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताए ।