१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

चरित्रमा बाँच्ने कोसिस गर्छु : विपिन कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:३५:oo

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुन्, विपिन कार्की।

‘लुट’, ‘छड्के’, ‘पशुपतिप्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्। 

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन्।  

‘जात्रा’ शृंखलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’मा पिता बन्ने प्रस्ताव सहजै स्वीकार गरे। 

‘दर्शकले विश्वास गर्नुहुन्न कि ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिएँ,’ अभिनेता कार्कीले भो। यद्यपि, निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’मा प्रस्तुत गरे।

अवकाशप्राप्त गरेको शिक्षकको भूमिकासँगै उहाँले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे।  चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो। 

‘चरित्रमा बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। त्यसैले मैले सहजै भूमिका स्विकार्ने गर्छु,’ अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन। दर्शक पनि बिस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ।’

उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरे।  ‘प्रसाद’कै दोस्रो शृंखला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए। ‘नामको विश्वास धान्ने काम गरेका छौँ। पहिलो शृंखला मन पराउनुभएकोलाई निराश बनाउने छैनौँ,’ उनले भने। 

जातीय विभेद र महिलामाथि हुने दुर्व्यवहारको घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन्। सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय छ।

ad
ad