मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ९ बिहीबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा थापा

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार १३:०४:००

प्रेस सेन्टर सर्लाहीको दोस्रो विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ । बागमती नगरपालिका– ११ स्थित बागमती भ्यु रिसाेर्टमा सम्पन्न सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षद्वयमा क्षितिज विश्वकर्मा र शर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाह तथा सहसचिवद्वयमा सलिना मगर र जितेन्द्र कुशवाह चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरूमा चन्द्रबहादुर जिम्बा, शिवकुमार कुशवाह, हरि निरौला, मन्दिरा लामिछाने, जितेश यादव, अविशेष यादव र अनिता साह चयन भएका प्रेस सेन्टर, जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।

सम्मेलन नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै काफ्लेले दलीय राजनीतिक वातावरणमा प्रेस विभाजित हुनु स्वाभाविक भए पनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।