१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ चैत ९ बिहीबार ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोसपाको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार ११:४४:oo

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए । 

लोसपाले बारा २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुनेछ ।