Skip This
काठमाडौं प्लाजा काठमाडौं महानगरलाई भाडामा दिने सम्झौता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ८ बुधबार २o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं प्लाजा काठमाडौं महानगरलाई भाडामा दिने सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार २o:१५:oo

नेपाल ट्रस्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई लिजमा दिने सम्झौता भएको छ। बुधबार यससम्बन्धी सम्झौतामा दुई कार्यालयबीच हस्ताक्षर भएको हो। 

मासिक ६० लाख ५० हजार भाडामा भवन लिजमा दिने सम्झौता भएको नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार बैद्यले बताए। 

सम्झौता ९ चैतदेखि लागू हुनेछ। ५ वर्षमा भाडा १० प्रतिशत बृद्धि हुने सम्झौतामा उल्लेख छ। 

ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। 

आफ्ना कार्यालयहरू विभिन्न ठाउँमा हुँदा सेवा दिन समस्या भएको भन्दै महानगरले सो भवन लिजमा लिन लागेको हो। महानगरले सो भवन सबलिजमा दिन भने पाउनेछैन। 

प्रशासनिक कार्यका लागि मात्र भवन लिजमा दिने निर्णय भएको सचिव बैद्यले बताए। दुई साताअघि बसेको ट्रस्टको सञ्चालक समितिको बैठकले यससम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो।  

काठमाडौं महानगरपालिकालाई उक्त भवन दिने गरी ०७७ सालको जेठमा नै सहमति भई मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिएको थियो। त्यसविरुद्ध व्यवसायीले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको थियो। 

गत २६ माघमा सर्वाेच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो।  

उक्त भवन लिजमा लिएको कम्पनी कन्सेप्ट डेभलपर्स र त्यसअघि भवन लिजमा लिने सुवासराज काफ्लेले महानगरपालिकालाई लिजमा दिने निर्णयविरुद्ध रिट दायर गरेका थिए। डेढ वर्षपछि रिटको छिनोफानो भएको हो। 

मुद्दा–मामिलाका कारण काठमाडौं प्लाजा झन्डै तीन वर्षदेखि रिक्त छ। जसकारण ट्रस्टले करोडौँ भाडा गुमाइसकेको छ। २ असार ०७७ मा लिज अवधि सकिएकोमा त्यसयताको भाडा ट्रस्टले गुमाएको हो।