लाओसविरुद्ध नेपालको अग्रता दोब्बर

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण
लाओसविरुद्ध नेपालको अग्रता दोब्बर

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी खेलमा नेपालले लाओसविरुद्ध २-० को अग्रता लिएको छ।

३१औँ मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडमार्फत नेपाललाई अग्रता दिलाएका थिए। 

५६औँ मिनेटमा नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे। यस वेला नवयुगले करिब ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार गोल गरे।

सुझावित समाचार