मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार १४:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविको बेथिति सुधारमा सरकार गम्भीर भएन : सांसद देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार १४:१४:००

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारका लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्रिविको बेथिति सुधारका लागि सुरु गरिएका प्रयासका चीत्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ताजस्ता विवरणहरू आए पनि सरकार गम्भीर नबनेको सांसद देवकोटाको जिकिर छ ।

‘उच्च शिक्षाको ८०-८५ विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयको चीत्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो । त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग जोडदार माग गर्छु,’ उनले भने ।

सांसद देवकोटाले पोखराको फेवातालमाथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्नसमेत आग्रह गरे । ‘यस क्षेत्रको सार्वजनिक जग्गा नाै सयजना व्यक्तिको नाममा नामसारी गरिएको पुन्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा छ । प्रतिवेदन सार्वजनिक गर्न र फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्नसमेत सरकारसँग अनुरोध गर्दछु,’ उनले भने ।