Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काबुल
२०७९ चैत ८ बुधबार १२:३७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प, १२ जनाको मृत्यु, सयौँ घाइते

Read Time : < 1 मिनेट
रासस, काबुल
२०७९ चैत ८ बुधबार १२:३७:००

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मंगलबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । 

अफगानिस्तानमा तीन र पाकिस्तानमा नौजनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता सराफत जमान अमरले दुईजनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमानानजिक अवस्थित अफगानिस्तानको जुर्म सहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ ।  भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौजनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषको घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।