१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ७ मंगलबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. ढकालसहित २१ जिल्ला सदस्यले छाडे नेकपा एस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार २o:३२:oo

नेकपा एसका काठमाडौं जिल्ला सदस्य डा. रमेश ढकालसहित २१ जना जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन्।

नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका इन्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं–२ का क्षेत्रीय संयोजक गोपीकृष्ण रिजाल, शंकरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्यले मंगलबार पार्टी परित्याग गरेका हुन्।

डा. ढकाल तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाका स्वास्थ्य सल्लाहकार थिए। 

एमालेबाट विद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरू सत्ता लिप्सामा केन्द्रित भएको भन्दै मंगलबारबाटै लागू हुने गरी राजीनामा दिएको डा. ढकालले जनाएका छन्।