१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१४:oo

टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्सालदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । कम्पनीले नक्सालको सोरुमदेखि नगरकोटको सांग्रिला रिसोर्टसम्म राइड कार्यक्रम सञ्चालन गरेको हो । 

उक्त राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको कम्पनीले जनाएको छ । साथै, सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको जनाइएको छ ।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी पनि प्रदान गरेको जनाइएको छ । 
 

ad
ad