मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई एमालेको प्रश्न– पुरानै गठबन्धनमा फर्कनु थियाे भने पुस १० को सहमति  किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १४:४४:००

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुरानै गठबन्धनमा फर्कनु थियो भने पुस १० को सहमति  किन भन्दै प्रश्न गरे ।

राजनीतिक दलहरूसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको पौडेलको आरोप छ । प्रधानमन्त्रीले देखाएका गतिविधिले गर्दा उनलाई दिएको विश्वासको मत फिर्ता लिनुपरेको पौडेलले प्रस्ट पारे ।

उनले भने, ‘म सम्माननीय प्रधानमन्त्रीलाई सभामुखमार्फत सोध्न चाहन्छु, के त्यस्तो कारण पर्‍याे, जुन कारणले गर्दा तपाईं त्यो सहयात्राबाट यो सहयात्रामा फर्कनुभएको छ ? यदि तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यसप्रकारको सहमतिमा किन पुग्नुभयो ?’