मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १३:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १३:३०:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् ।

सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसद्को सम्बन्धलाई औपचारिक कार्यक्रममार्फत अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो । जनस्तरको सम्बन्धलाई अझ बढी सुमधुर बनाउन सक्ने भएकाले कार्यक्रममार्फत दुवै देशको संसद्को गतिविधिलाई अघि बढाउने विषयमा आफूहरूबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

भेटपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले द्विपक्षीय सम्बन्धका विविध विषयमा पनि कुरा भएको बताए । त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरेका थिए । 

त्यसैगरी बेलायतसँग नेपालको सीधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकमा नेपालको हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन पनि सांसद शर्माको ध्यानाकर्षण गराएका थिए । सांसद शर्मा नेतृत्वको टोलीले यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।