मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७९ चैत ६ सोमबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी मनीषा चौधरी विजयी

Read Time : < 1 मिनेट
२०७९ चैत ६ सोमबार १२:४१:००

वीरगन्ज नर्सिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु नेतृत्वले जित हासिल गरेको छ ।

अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा मनीषा चौधरी ९१ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी यामिनी खड्काले ६३ मत पाएकी छिन् । 

सचिवमा पनि अनेरास्ववियुकै सृष्टि तिमिल्सिना र कोषाध्यक्षमा अर्चना गुप्ता विजयी बनेकाे एमालेका नेता रामकिशोरसिंह परागले जानकारी दिए ।

त्यसैगरी, सदस्यहरूमा अनेरास्ववियुकै विवेक रनावत र मुन्ना श्रेष्ठ तथा नेविसंघकी स्मृति थापा विजयी भए । समानुपातिक सदस्यमा अनेरास्ववियुकै सदीक्षा शाही, दीपशिखा केसी र शिक्षा खनाल चयन भएका छन् ।