Skip This
सिराहा क्याम्पसमा जनमत विद्यार्थी संघकाे प्यानल विजयी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Monday, 15 September, 2025
२o७९ चैत ६ सोमबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहा क्याम्पसमा जनमत विद्यार्थी संघकाे प्यानल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १२:११:oo

सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस सिराहामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जनमत विद्यार्थी संघ प्यानल विजयी भएको छ। जनमत विद्यार्थी संघका दीपेन्द्र यादव सभापतिमा एक सय ९७ मत ल्याई विजयी भएका छन्। 

सभापतिमा निकटतम प्रतिद्वन्द्वी संयुक्त प्यानलबाट समाजवादी विद्यार्थी संघका अमित यादवले एक सय ३१ पाएका थिए भने अनेरास्ववियुका धीरजकुमार यादवले ८४, अनेरास्ववियु क्रान्तिकारीका नरेश मण्डलले ७० र नेविसंघका नवरत्न साहले ४२ मत पाएका छन्।

सचिवमा विवेककुमार मण्डल (१९७), कोषाध्यक्ष सुनिताकुमारी सिंह (१९२) र सदस्यहरूमा पुनिताकुमारी ठाकुर (२०३), राजकिशोर यादव (१९७), चतुरानन्द यादव (१९५), कामेश्वरकुमार यादव र शम्भुकुमार यादव (१९७) मत ल्याई विजयी भएको निर्वाचन अधिकृत अनिल मण्डलले बताएका छन्।