Skip This
लमजुङ क्याम्पसमा अनेरास्ववियु र मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Friday, 26 July, 2024
२o७९ चैत ५ आइतबार २१:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङ क्याम्पसमा अनेरास्ववियु र मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार २१:४५:oo

लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी  भएको  छ। 

चार सय ८४ मत खसेकोमा आइतबार साँझको मतपरिणामअनुसार अनेरास्ववियुका वीरेन्द्र जिसी २ सय ६४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका पारस अवस्थी २ सय १८ मत ल्याएर पराजित भए भने सचिवमा अनेरास्ववियुका विराज सुवेदी २ सय ६३ मत ल्याएर निर्वाचित भए।  

उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका जगतबहादुर बोहराले २ सय ११ मत ल्याएका छन् । प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका विवेक भट्टले ९ मत ल्याए। 

कोषाध्यक्षमा अनेरास्ववियुका गौरव जोशीले २ सय ७१ मत ल्याएर निर्वाचित भए उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका अमृत सुनार २ सय ११ मत ल्याएर पराजित भएका छन्। 

यस्तै, खुला सदस्यमा अनेरास्ववियुका चेतना राना, रसिक खनाल, विराज खड्का, धनकुमारी गुरुङ र विनिता कार्की निर्वाचित भएका छन्। 

समानुपातिकतर्फ सदस्यमा अनेरास्ववियुकै अर्जुन ढकाल, अनिसा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की डोली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी निर्वाचित भएका छन्।

यस्तै, सुन्दरबजारमा रहेको  मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा  नेविसंघको प्यानल नै विजयी भएको छ। 

सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौला ४७ मत ल्याएर पराजित भएका छन्।

 सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भएका छन भने अनेरास्ववियुका रोशन परियार ४९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सगुन अधिकारीले भने ४९ मत ल्याए।

कुल १ सय १९ मत खसेकोमा नेविसंघबाट सदस्यमा किरण श्रेष्ठ, तीर्थराज थापा, मनीषा थापा विजयी भएका छन्। समानुपातिकतर्फ सदस्यहरूमा हसना मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनीष पौडेल र विज्ञान कोइराला निर्वाचित भएका छन्।