Skip This
अनेरास्ववियु र नेविसंघबीच झडप, स्थिति नियन्त्रणमा लिन कर्फ्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Friday, 26 July, 2024
गगन अयडी बाजुरा
२o७९ चैत ५ आइतबार २१:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरास्ववियु र नेविसंघबीच झडप, स्थिति नियन्त्रणमा लिन कर्फ्यु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार २१:२५:oo

बाजुराकाे पूर्वउत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिका कोल्टीमा रहेको क्याम्पसलगायत आसपासका दुई वडामा कर्फ्यु लगाइएको छ। वडा न १ र २ मा कर्फ्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

आइतबार दिउँसो (स्ववियु) मतदान भइरहेको अवस्थामा अनेरास्ववियु र नेविसंघबीच दोहोरो झडप सुरु भएपछि  कोल्टी क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रण लिन र रातिको समयमा थप केही घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएको जिल्ला प्रहरी प्रमुख कविन्द्रसिंह बोहराले बताए। 
  
बुढीनन्दा नगरपालिका १ र २ मा आइतबार राति ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको बोहराले जानकारी दिए। 

बुढीनन्दा क्याम्पसमा आइतबार दिउँसो कांग्रेस र एमाले समर्थक दुई  संगठनबीच दोहोरो झडप हुँदा प्रहरीले २७ राउन्ड हवाई फायर गरेको थियो। 

तनावको स्थिति उत्पन्न भएपछि मतदान स्थगित भएको छ। सत्तागठबन्धननिकट विद्यार्थीले खुकुरी देखाउँदै निर्वाचन भाँड्न खोज्दा स्थिति तनावपूर्ण बनेको अनेरास्वियुको आरोप छ। 

प्रहरीले कार्यलय बाजुराका अनुसार चार सय १२ मतदाता रहेको क्याम्पसमा २ सय ५३ मत खसेको छ। पुनः मतदान हुने वा निर्वाचन स्थगित गर्ने भन्ने विषयमा सत्तागठबन्धन पक्षका विद्यार्थी र एमाले समर्थक विद्यार्थीबीच बैठक बसिरहेको अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्ष दिल भोटेले बताए। 

दोहोर झडपमा दुईजना प्रहरी जवान सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला सदरमुकामबाट थप नेपाल प्रहरी, सशस्त्र, नेपाल आर्मी गरी एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए।