मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार १५:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारबारे सभामुखको अभिव्यक्तिप्रति सांसदहरूद्वारा आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार १५:०३:००

सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध भएको छ ।

शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरू बिक्रीमा रहेकाे अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति आइतबारको संसद् बैठकमा सांसदहरूले विरोध जनाएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । सो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै उनले त्यसतर्फ सभामुखको ध्यानाकर्षण गराए ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन् भनेर पत्ता लगाउन सभामुखसँग छानबिन समिति बनाउन माग गरे ।