१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ चैत ५ आइतबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरमा तोडियो निषेधाज्ञा, प्रदर्शनकारी र प्रहरीबीच झडप 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १४:२७:oo

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन्।

निषेधाज्ञा तोड्दै प्रदर्शन भएपछिप्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज गर्नुका साथै अश्रग्यास प्रहार गरेकाे छ।प्रदर्शनकारीहरूले प्रहरीसँग भिड्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न त्यसतर्फ अगाडि बढेका छन्। 

कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकासँगै प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। 

विभिन्न समूहले गर्ने विरोध, धर्ना, जुलुसका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले संवेदनशील स्थानमा निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।