
कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता प्रकाशरण महतले सरकारलाई विश्वासको मत दिने निर्णय गरेकाे र साेहीअनुसार संसदीय दललाई निर्देशित गरेको जानकारी दिए। साथै बैठकले सरकारमा समावेश हुने निर्णय गरेको उनले बताए।