मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७९ चैत ५ आइतबार ११:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अटो इन्डस्ट्रीमा चिप्स संकट कहिलेसम्म ?

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ चैत ५ आइतबार ११:०४:००

मेडिकल उपकरण, औद्योगिक मेसिन आदिमा आवश्यक चिप्स र सेमिकन्डक्टरको संकटले कुनै पनि देशको विकासमा बाधा पुर्‍याउन सक्छ 

टोमोबाइल क्षेत्र दिनप्रतिदिन फस्टाउँदै गइरहेको छ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनले विस्थापित गर्दै पनि गइरहेको छ । तर, यही अटोमोबाइल क्षेत्रमा अत्यावश्यक चिप्सको आपूर्ति शृंखला भने सहज छैन । चिप्सको कमीका कारण ग्राहकको घरमा सवारीसाधन पुग्न एकदेखि डेढ वर्ष लागिरहेको अवस्था छ । 

सवारीसाधनको डेलिभरीमा ढिलाइ कुनै अटोमोबाइल पाटपुर्जा या आपूर्ति शृंखलासँग जोडिएको कारणले होइन । यसका लागि सूचना प्रविधिसँग जोडिएको एउटै चिज हो, माइक्रोप्रोसेसर (चिप) र सेमिकन्डक्टर । वर्तमानमा करिब आठ लाखभन्दा बढी सवारीसाधन निर्माण सम्पन्न भई तयारी अवस्थाामा छन् । तर, चिप्सको अभावले गर्दा त्यसको डेलिभरी हुन सकेको छैन । 

वैश्विक महामारी कोभिड–१९ पछि विश्वभरमा चिप्सको हाहाकार छ । हिजोआज अधिकांश कारमा कुनै न कुनै प्रकारको डिजिटल क्षमता जडान छ, जसमा माइक्रोप्रोसेसरको आवश्यकता पर्छ र यो माइक्रोप्रोसेसरका लागि सेमिकन्डक्टर चाहिन्छ । 

सवारीसाधनका लागि मात्रै होइन, हरेक प्रकारका डिजिटल र अधिकांश इलेक्ट्रिक उपकरणमा चिप्स या सेमिकन्डक्टर चाहिन्छ । यसको प्रयोग डायोड, ट्रान्जिस्टर, इन्टिग्रेटेड सर्किट (आइसी) तथा प्रोसेसर्स आदिको निर्माणमा गरिन्छ । 

कम्प्युटर, मोबाइल फोन, क्यामेरा, टेलिभिजन, रेडियो, घडी, साउन्ड सिस्टम, माइक्रोफोनका साथसाथै किबोर्ड र माउसजस्ता स–साना चिजमा पनि चिप्सको प्रयोग हुन्छ । यो सूचीमा कैयौँ मेडिकल उपकरण, औद्योगिक मेसिन, सोलार प्यानल, एलइडी बल्ब पनि पर्छन् । यति धेरै चिजमा आवश्यक पर्ने चिप्स र सेमिकन्डक्टरको हाहाकारले कुनै पनि देशको विकासलाई प्रत्यक्ष रूपमा बाधा पुर्‍याउन सक्छ । भारत सेमिकन्डक्टर आयातमा चीन, हङकङ, भियतनाम, सिंगापुर, कोरिया र अमेरिकामा निर्भर छ । भारतको एकचौथाइभन्दा बढी आयात चीनबाट मात्रै हुन्छ । 

विश्व कोभिड महामारीको संकटबाट माथि उठेको छ । तर, चिप्स निर्माण र आपूर्तिबीच देखिएको असन्तुलन लयमा आउन अझै केही समय लाग्ने विश्लेषकहरू बताउँछन् । कम्तीमा एक वर्ष चिप्सको हाहाकार जारी रहने बताइएको छ । 
 

अहिलेको चिप्स संकटलाई मध्यनजर गर्दै भारत सरकारले स्वदेशमै सेमिकन्डक्टर उद्योग स्थापना गर्न डिसेम्बर २०२१ मा करिब आठ खर्ब भारुको प्याकेज अनुमोदन गरेको थियो । चालू आर्थिक वर्षको बजेटमा डिजिटल भारतसँग जोडिएको सेमिकन्डक्टर मिसनलाई ३० अर्ब भारु विनियोजन गरेको छ । कर्नाटक र गुजरातमा सेमिकन्डक्टरका कारखाना सुरु हुन थालेका छन् । 

अहिले पनि चिप्स र सेमिकन्डक्टर निर्माणमा अमेरिका विश्वकै ठूलो शक्ति हो । ताइवान, दक्षिण कोरिया, जापानजस्ता देशले यो क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेका छन् । पछिल्ला केही वर्षमा चीन चिप्स र सेमिकन्डक्टर क्षेत्रको विशेष शक्ति बनेर उदाएको छ । त्यहाँ एसएमआइसी र हुआवेजस्ता विशाल कम्पनीले ठूलो परिमाणमा सेमिकन्डक्टर उत्पादन गरिरहेका छन् । यस्तै, जर्मनी, नेदरल्यान्ड, सिंगापुर र इजरायलले पनि यो क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएका छन् । यति हुँदा पनि उल्लिखित देशमा सेमिकन्डक्टरको आवश्यकता सहजै पूरा हुन सकेको छैन । 

चिप्स र सेमिकन्डक्टरको विश्वव्यापी संकट सन् २०२० देखि नै यथावत् छ । त्यतिवेला कोभिड महामारीका कारण विश्व लकडाउनमा थियो । लकडाउनसँगै ल्यापटप, मोबाइल, टेलिभिजन, साउन्ड सिस्टमजस्ता उपकरणको वैश्विक मागमा वृद्धि आयो । अर्कातिर, कोभिडकै कारणले उद्योग चल्न सकेनन् । उत्पादन ठप्प भयो । त्यसको प्रभावले विश्वमै सवारीसाधनको मागमा गिरावट आयो । मन्दीको आशंका गर्दै उत्पादकले चिप्स र समेकन्डक्टरको अर्डर रद्द गरे, जसले उत्पादन प्रक्रियालाई झन् सुस्त बनायो । 

महामारीले विश्वभर सामानको आपूर्ति शृंखलाको सिलसिला विच्छेद भयो । साथै, अतिरिक्त माल भण्डारण चिप्स निर्माताका लागि ठूलो चुनौती बन्यो । सन् २०१९ मा अमेरिकाले चिनियाँ चिप्स निर्माण कम्पनी हुआवेमाथि प्रतिबन्ध लगायो । त्यसपछि अनेक चिनियाँ कम्पनीले चिप्स संकलन गर्न थाले । 

अहिले विश्व कोभिड महामारीको संकटबाट माथि उठेको छ । तर, चिप्स निर्माण र आपूर्तिबीच देखिएको असन्तुलन लयमा आउन अझै केही समय लाग्ने विश्लेषकहरू बताउँछन् । कम्तीमा एक वर्ष चिप्सको हाहाकार जारी रहने बताइएको छ । 

अर्थतन्त्र र विकासमा चिप्स तथा सेमिकन्डक्टरको भूमिका हेर्दा केही सुधार हुन सक्ने देखिन्छ । अमेरिका चिनियाँ सेमिकन्डक्टर कम्पनीमाथि आफ्नो निर्भरता घटाउँदै गइरहेको छ । साथै, यस्ता कैयौँ कम्पनीको उत्पादनमाथि पनि प्रतिबन्ध लगाएको छ । यो स्थितिमा भारत उत्तम विकल्प बन्न सक्छ ।