
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । शनिबार अपराह्न वसन्तपुर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
राष्ट्रप्रमुख भएपछि कुमारीको दर्शन गर्ने परम्पराअनुसार पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल सडक खाली नगरी वसन्तपुर पुगेका हुन् ।