मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ४ शनिबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश 

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार १३:०४:००

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्र्तगतको पोखरा नर्सिङ क्याम्पसको  स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाल स्वास्थ्य सेवाका स्थायी कर्मचारीहरु क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवार भएपछि त्यसविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन परेको थियो ।

रिटउपर शुक्रबार भएको बहसपछि उच्चले निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि क्याम्पसमा निर्वाचन नगर्न–नगराउन उत्प्रेषण परमादेश जारी गरेको हो । आदेशपछि ५ चैतमा हुने निर्वाचन हाललाई स्थगित भएको छ ।

निर्वाचनका लागि अनेरास्वियुको तर्फबाट अध्यक्ष पदमा अन्जना अधिकारी र कोषाध्यक्ष पदमा दीपिका धितालले उम्मेदवारी दिएका थिए । अधिकारी र धिताल नेपाल स्वास्थ्य सेवाको स्थायी कर्मचारी भएको र हाल अध्ययन बिदा स्विकृत गराई क्याम्पस अध्ययनरत थिए ।

दुईजनाका विरुद्ध निर्वाचन समितिमा उजुरी परेपनि त्यसको कुनै सुनुवाई नभएपछि क्याम्पसमा अध्ययनरत विद्यार्थी अनुष्ठा चापागार्इंले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गराएकी थिइन् ।

चापागाईंले दिएको रिटउपर शुक्रबार दुबै पक्षबाट भएको बहसपछि न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारीको संयुक्त इजलासले निर्वाचन स्थगित गर्न उत्प्रेषण परमादेश जारी गरेको हो ।