मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Wednesday, 09 July, 2025
रासस उलानबाटोर
२o७९ चैत ३ शुक्रबार १८:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

खराब मौसमका कारण मंगोलियामा साढे ५ लाख बढी पशुको मृत्यु

Read Time : < 1 मिनेट
रासस, उलानबाटोर
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १८:४५:oo

मंगोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार भन्दा धेरै पशुको मृत्यु भएको छ । मर्ने जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ ।

मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको यहाँको तथ्यांक निकायले जनाएको छ । मंगोलियाको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ ।  चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ ।

पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मङ्गोलियामा सन् २०२२ को अन्त्यमा ७१.१ मिलियन पशुहरू रहेका थिए।

भूपरिवेष्ठित देश मंगोलियाको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। यद्यपि, खराब मौसमका कारण यहाँ ठूलो संख्यामा पशुहरु मर्ने गरेका छन् ।