
उपराष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादवलाई निर्वाचन आायेगले विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ ।
शुक्रबार भएको मतदानमा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै विजयी भएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो । उनलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणपत्र प्रदान गरे ।
नतिजा घोषणा एवं प्रमाणपत्र प्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपाका नेताहरु, निर्वाचन आयुक्तहरुलगायतको उपस्थिति रहेको थियो ।
निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे । एमालेकी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो ।