१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३ शुक्रबार १५:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मतदान सम्पन्न, ५ बजेसम्म परिणाम आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १५:o५:oo

उपराष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार स‌ंघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेकाे छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता छन्।

आज अपराह्न ५ बजेभित्रै परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ। ५ बजे परिणाम घोषणा गरेर आजै नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने तयारी रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताएका छन्।

गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन्। 

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ। मतदान समयावधि दिउँसो ३ बजेसम्म तोकिएको थियाे।

ad
ad
ad
ad