जसपाका प्रदेश सांसद मोहम्मद अब्दुल कलाम मतदानका लागि एम्बुलेन्समा बानेश्वर पुगेका छन् । मधेस प्रदेशका सामाजिक राज्यमन्त्रीसमेत रहेका कलामको बिहीबार मात्र खुट्टाको अप्रेसन गरिएको थियो ।
रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा अप्रेसन गरिएको हाे । उपराष्ट्रपति चयनका लागि मतदान गर्न कलाम एम्बुलेन्स चढेरै संसद् भवन पुगेका हुन् ।