१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४४:oo

मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ।

उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३ मा) गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो। बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले बताए।

‘स्ववियु निर्वाचन गर्न सहज अवस्था नभएका कारणले तत्कालका लागि स्ववियु निर्वाचन तालिका स्थगित गरिएको छ,’ उनले भने, ‘विद्यार्थी संगठनसँग आवश्यक छलफल गरी उपयुक्त समयमा स्ववियु निर्वाचन गराइनेछ।’ विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पससँगै अन्य आंगिक क्याम्पसको पनि निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ।

गत मंगलबार विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम)का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत सुर्खेतले अर्को आदेश नभएसम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन उच्चले आदेश जारी गरेको छ।

ad
ad