१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१३:oo

- चेसले नकारात्मकताबाट टाढा राख्छ र फ्रेस गराउनुका साथै समाजमा घुलमिल हुने तथा सम्बन्ध विकास गर्ने क्षमता अभिवृद्धि गर्छ । यो सबै उमेरका मानिसले खेल्न सक्ने खेल हो । 

- सोच्ने शक्ति तथा समस्या समाधान गर्ने खुबीलाई चेसले बढाउँछ । कुनै समाधान नै नभएको घडीमा पनि शान्त र धैर्यपूर्वक सोचेर नयाँ स्टेप चाल्न सक्नु तथा प्रतिस्पर्धीको चाल बुझ्न सक्नु नै चेस खेलाडीको विशेषता हो । त्यसैले तपाईंले आफ्ना बालबालिकालाई स्मार्ट बनाउन सानैदेखि चेस सिकाउन जरुरी छ । 

- चेसले सकारात्मक दृष्टिकोण विकास गर्छ, तपाईंको स्मरणशक्ति बढाउँछ, ध्यानलाई गहिरो पार्छ र सिर्जनशीलता बढाउँछ । 

- योजना बनाउने खुबीलाई पनि यसले तिखार्छ । सारमा, बालबालिकामा अलग जागरण ल्याउँछ । 

- अहिलेको समय बालबालिकालाई चेस खेलाउन निकै आवश्यक छ । किनकि, बच्चादेखि नै उनीहरूको मानसिक वृद्धिविकास, समस्या समाधान गर्ने खुबी र सोच्ने क्षमता अभिवृद्धि गर्न सकियो भने भविष्यमा देशमा राम्रो जनशक्ति उत्पादन हुनेछ । 

- आजकल विद्यार्थीहरू विभिन्न अनलाइन खेलको लतमा फसेका छन् । त्यस्ता खेलले बच्चाको मानसिक स्वास्थ्यमा प्रतिकूल असर गरेको कुरा आइरहेकै छ । तर, चेस फरक छ । चाहे साथीहरूसँग खेल्नुस् वा एक्लै कम्प्युटर वा मोबाइलमा खेल्नुस्, जहाँसुकै खेले पनि यसले नकारात्मकताबाट टाढा राख्छ र फ्रेस गराउँछ । चेसले समाजमा घुलमिल हुने तथा सम्बन्ध विकास गर्ने क्षमता अभिवृद्धि गर्छ । यो सबै उमेरका मानिसले खेल्न सक्ने खेल हो । 

ad
ad