मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १ बुधबार ११:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन उद्योग बिस्तारै लयमा फर्किन्छ : मन्त्री किराँती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १ बुधबार ११:०४:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किने बताएका छन्। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए ।

उनले  नयाँ गन्तव्यस्थलको खोजी गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मन्त्री किराँतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने बताए ।

उनले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पयर्टन प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आवागमनमा वृद्धि गर्न सही सूचना र तथ्यांक आवश्यक पर्ने बताए ।

मन्त्री किराँतीले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यावहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको बताए । मन्त्री किराँतीले नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिएको भन्दै यसका लागि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा काम गरिरहेको स्पष्ट पारे । 

मन्त्री किराँतीले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधिकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्न र पर्यटकहरूलाई उपलब्ध गराउने सेवा–सुविधाको गुणस्तर सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए ।

पर्यटन उद्योगमा देखिएका चुनौतीको सम्बोधन गर्न सरकार निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी तथा साझेदारी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता रहेको बताए । उनले नेपालमा पर्वतीय पर्यटनका लागि हिमालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।