१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १ बुधबार १०:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गला सुधार्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १ बुधबार १०:५५:००

- पहिलो कुरा त दैनिक रियाज गर्नुपर्छ । तर, लयमा गाउन सकिएन भने रियाज मात्रै गर्नुको अर्थ रहन्न । त्यसैले आफ्नो भोकलमा सुधार ल्याउने ठोस योजना बनाएर रियाज गर्नुपर्ने हुन्छ । त्यसका लागि पहिले आवाज रेकर्ड गर्नुस् र रेकर्डिङ सुन्नुहोस् । आफ्ना गल्ती र कमजोरी पहिल्याउनुस् र त्यसलाई कसरी सुधार्ने भनेर सोच्नुस् । 

- स्वर भनेको गड गिफ्टेड नै हो । सबैको आवाज फरक नै हुन्छ । त्यसैले अरूसँग आफ्नो तुलना गर्नुहुँदैन । तर, आफू अनुशासनमा बस्न भने जरुरी छ । जथाभावी बढी अमिलो, पिरो, चिल्लो खान हुँदैन । यसले गला बिगार्छ । सन्तुलित भोजन गर्नुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । 

- आफूलाई मन पर्ने बाजा बजाएर मन पर्ने गीतमा रियाज गर्दा राम्रो हुन्छ । अहिले त इन्टरनेटमै सबै गीत र संगीत फेला पर्छन् । त्यसैले सजिलो पनि छ । अरूका गीत पनि ध्यानपूर्वक सुन्नुहोस् । 

- धुलोधुवाँबाट बच्नुपर्छ । यसले भोकल कर्डलाई असर गर्न सक्छ । 

- चिसोबाट जोगिनुपर्छ । आफ्नो स्वरलाई न्यानो राखिराख्नुपर्छ । भर्खरै उठेको वेला भोकल कर्डको एउटा अलग कन्डिसन हुन्छ । मर्निङ टाइममा स्वर बस्छ । यस्तो वेलामा प्राक्टिस बिस्तारै थाल्नुपर्छ । 

- फुर्सदको समयमा पनि आफूलाई मन पर्ने गीत गुनगुनाउन सकियो भने स्वरमा अझै धेरै सुधार हुन्छ ।