मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार १०:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडीको तीन युनिट विद्युतीय गाडी आयल निगमलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार १०:३०:००

बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिले तीन युनिट अल–न्यु इसिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको सोचअनुरूप यो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।

शून्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका इसिक्स सवारीसाधन धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहले दिगोपनाका लागि प्रतिबद्घताअनुरूप विद्युतीय सवारीसाधनमा लगानी गरिएको बताए । विद्युतीय सवारीसाधन यातायातको भविष्य भएकोमा विश्वस्त रहेको र आउने दिनहरूमा सवारीसाधनलाई विद्युतीयमा रूपान्तरित गर्ने अवसरको खोजीमा रहेको उनको भनाइ थियो ।  

साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बिवाइडीका विद्युतीय गाडीहरू नेपाल आयल निगमले खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय साधनलाई प्रोत्साहन गर्ने कदमका रूपमा लिन सकिने बताइन् । यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारीसाधनको व्यापक प्रयोगका लागि उत्प्रेरकका रूपमा काम गर्ने र हरित, सफा भविष्यका लागि योगदान दिने उनको भनाइ थियो । 

कम्पनीले अल–न्यु इसिक्स नेपालमा सबैभन्दा लामो रेन्ज भएको विद्युतीय गाडी भएको दाबी गरेको छ । यो गाडी सिंगल चार्जमा पाँच सय २२ किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाइएको छ । कम्पनीले विश्वभरि ३० लाख विद्युतीय गाडी बिक्री गरिसकेको जनाएको छ ।