Skip This
जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिकाे उम्मेदवारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १२:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिकाे उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १२:२५:oo

३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिएकी छिन्। 

जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि प्रमिलाले उम्मेदवारी दिएकी थिइन्। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गरेसँगै प्रमिलाले साेमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। 

जसपाबाट रामसहायप्रसाद र प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम राखेर अन्तिम नामावली सार्वजनिक गरेको भाेलिपल्ट उनले आफ्नाे उम्मदवारी निष्क्रिय पारेकी हुन्। 

उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्न सबै पार्टीलाई आग्रह गरेकी छिन्।