१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २८ आइतबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटनमा स्ववियु निर्वाचन नगर्ने षड्यन्त्र भएको आठ विद्यार्थी संगठनको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २८ आइतबार १७:५३:oo

पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षड्यन्त्र गरेको भन्दै ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरूले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। 

शनिबार स्ववियु चुनावको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो तर कांग्रेसनिकट नपाल विद्यार्थी संगठनको केही विद्यार्थीले निर्वाचन कार्यालय तोडफोड गरेपछि मनोनयन प्रक्रिया रोकिएको थियो।

आइतबार बिहानै विद्यार्थी संगठनसँग सहमति जुटाउन सर्वपक्षीय बैठक हुँदा मुख्य निर्वाचन अधिकृतसहित सबै निर्वाचन अधिृतले राजीनामा दिएका थिए।

उनीहरूले कुनै दल विशेषको विद्यार्थी संगठनको योजनामा राजीनामा दिएर माहोल भाँड्न खोजेको आरोप लगाएका छन्। ८ विद्यार्थी संगठनले चुनावमा कार्यगत एकता गरेका छन्। 

निर्वाचन अधिकृतले राजीनामा दिएपछि चुनाव अनिश्चत भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, नेपाल क्रानितकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकाल्दै चुनाव नगर्ने षड्यन्त्र भएको आरोप लगाएका हुन्। 

उनीहरूले चुनावी प्रक्रिया सुरु नगरे क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। 

‘अमुक पार्टीको सिफारिसमा क्याम्पस बनेका यस क्याम्पस प्रमुखले आफ्नो आस्था रहेको विद्यार्थी संगठन पराजय हुने देखेर चुनाव बिथोल्न हरकत गरेको संयुक्त विद्यार्थी संगठनको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रोकिएको निर्वाचन प्रक्रिया सुचारु नगरे क्याम्पस प्रमुखले ततकाल राजीनामा गरी निमित्त क्याम्पस प्रमुखबाट निर्वाचन गराउने आवश्यक निर्णय गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनसँग माग गर्दछौँ।’

उनीहरूले क्याम्पस प्रमुखलाई अनिश्चित समयसम्म क्याम्पस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्। स्ववियु निर्वाचन चैत ५ गतेलाई तोकिएको छ। तर, पाटन क्याम्पसमा अहिलेसम्म उम्मेदवारी मनोनयन हुन सकेको छैन। यसबारेमा एमालेनिकट अनेरास्ववियुले भने कुनै धारणा सार्वजनिक गरेको छैन।