१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली भन्छन्– इतिहास लुकाउन खोजियो, हाम्रा पूर्खा विद्वान् थिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १५:५१:oo

एमाले अध्यक्ष केपी ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्। शनिबार एक विद्यालयको भवन शिलान्यास गर्दै उनले नेपाल भूमिबाटै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको दाबी गरे।

नेपालीहरू बहादुर मात्रै नभई बुद्धिमानी पनि रहेको ओलीको तर्क छ। नेपालीका पुर्खा जति विद्वान् अन्य कतै नरहेको उनले जिकिर गरे। उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए।

‘नेपालीहरूलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान् पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान् कोही छैनन्। वेदव्यास तनहुँका थिए। ऋषि विश्वामित्र– शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोसी किनारमा बस्थे। कपिलमुनि कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनि अर्घखाँचीका थिए,’ ओलीले भने, ‘यस्ता अनेक विद्वान् यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानहरूको भूमि हो। भविष्यमा पनि विद्वानहरूको भूमि हुनेछ।’