
उदयपुरको रौतामाई गाउँपालिका–८ पाटाखोलामा आगोलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ । सोही स्थानका रामबहादुर मगरको घरमा विद्युत सटभई आगालागी हुँदा उनकै ६ वर्षे छोरी जस्मिन मगर र दुई वर्षे छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको ढुंगा माटोले बनेको टिनको छाना भएको दुई तले घरमा बिद्युत सर्टभई अचानक आगलागी भएको थियो । उनले भने, ‘घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तनसमेत जलेको छ, अचानक आगलागी हुँदा भाग्न नसकेर बालबालिकाको मृत्यु भएको हो ।