मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २६ शुक्रबार १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्- एमाले अरू पार्टीजस्तो दैनिक फोहोरी खेलमा लाग्दैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १५:२७:oo

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी अरूजस्तो दैनिक फोहोरी खेलमा नलाग्ने बताएका छन्। 

एमालेनिकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

उनले भने, ‘हामी अरू पार्टीजस्तो क्षणिक दैनिक फोहाेरी खेलमा सामेल छैनौँ, सामेल हुँदैनौँ पनि। हामी देश बनाउने म्याराथन दौडमा छौँ। विश्राम लिँदैनौँ।’

उनले एमाले देश बनाउने म्याराथन दौडमा रहेको बताए। ओलीले छिटो र हतार नगरी योजनाबद्ध ढंगले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।