
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी अरूजस्तो दैनिक फोहोरी खेलमा नलाग्ने बताएका छन्।
एमालेनिकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘हामी अरू पार्टीजस्तो क्षणिक दैनिक फोहाेरी खेलमा सामेल छैनौँ, सामेल हुँदैनौँ पनि। हामी देश बनाउने म्याराथन दौडमा छौँ। विश्राम लिँदैनौँ।’
उनले एमाले देश बनाउने म्याराथन दौडमा रहेको बताए। ओलीले छिटो र हतार नगरी योजनाबद्ध ढंगले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।