१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओलाङचुङगोलाको पहिरो रोकथामका लागि डिपिआर तयार गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२५:oo

कञ्चनजंघाको फेदीमा रहेको ओलाङचुङगोलाका बासिन्दा वर्षौँदेखि तमोर नदी कटानको त्रासमा छन् । फक्ताङ गाउँपालिकाले ओलाङचुङगोलाको सुरक्षाका लागि गुरुयोजना बनाएर काम गर्ने भएको छ ।

ओलाङचुङगोलाको सुरक्षाका लागि गाउँपालिकाले तमोर नदी कटान रोक्न डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिरहेको छ । हिमाली गाउँका केही पर्यटकीय स्थललाई व्यावसायिक बनाउन र ऐतिहासिक क्षेत्रलाई जोगाउन डिपिआर बनाएर काम गर्ने तयार भएको पालिका अध्यक्ष मुक्ति लाबुङ लिम्बूले बताए ।

‘प्राविधिकहरू लगाएर डिपिआर तयार भइरहेको छ । त्यसको लागत कति लाग्छ, सबै रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ,’ अध्यक्ष लिम्बूले भने । यसका लागि ठूलै रकम आवश्यक पर्ने भएकाले प्रदेश तथा केन्द्र सरकारसँग पनि रकम मागिने उनले बताए ।

ad
ad