१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एसियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१४:oo

एसियन पेन्ट्सले काठमाडौं महानगरपालिका– २४ र कुटुम्ब ब्यान्डको सहकार्यमा फागुन २२ गते काठमाडौंको इन्द्रचोकमा रंगको पर्व होली मनाएको छ ।

नेवाः संस्कृति र समुदायको उत्थान गर्ने उद्देश्यले कुटुम्ब ब्यान्डको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । गत सोमबार दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो जसमा सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो, जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवाः संस्कृतिको सार देखाएको थियो । सांगीतिक प्रस्तुतिबाहेक सहभागीले फोटोबुथ र एसियन पेन्ट्स नेपालले राखेको ओपन सावरको पनि मजा लिई होली उत्सवको आनन्द उठाए ।

कार्यक्रमबारे बोल्दै एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भने, ‘काठमाडौं महानगरपालिका– २४ र कुटुम्ब ब्यान्डसँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौँ । यो कार्यक्रम नेवाः संस्कृति र समुदायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेका थियौँ, जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो ।’

ad
ad