मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार ०९:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानका रजिस्ट्रारसहित सबैलाई भ्रष्टाचार मुद्दामा सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार ०९:१५:००

विशेष अदालतले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित अन्य चारजनालाई भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ । बिहीबार विशेष अदालतका सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले यस्तो आदेश गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ पुस ०७६ मा रजिस्ट्रार श्रेष्ठका साथै आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरू चन्द्रकुमार मगर र रमेशकुमार खतिवडामाथि रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

उनीहरूको मिलेमतोमा प्रतिष्ठानबाट जीवन पौडेलका नाममा साढे पाँच लाख रुपैयाँको भुक्तानी चेकमार्फत भएको दाबी अख्तियारको थियो । उक्त भुक्तानीको बिल–भर्पाई नरहेको र उक्त रकम हिनामिना भएको निष्कर्षसहित मुद्दा दायर भएकोमा भ्रष्टाचार नभएको भन्दै चारै प्रतिवादीले सफाइ पाएका हुन् ।