१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Friday, 02 May, 2025
२o७९ फाल्गुण २५ बिहीबार १९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनिर्वाचित राष्ट्रपतिको गृहजिल्लामा दीप प्रज्ज्वलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार १९:५५:oo

कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृहजिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ। व्यास नगरपालिका–३ अनशन चौतारीमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो। 

नेपाल विद्यार्थी संघ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो। दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी थिए। 

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताए। 

तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको न्यौपानेले बताए।