शिक्षक सरुवा गर्न घुस लिने ललितपुर महानगरका अधिकृत रंगेहात कार्यकक्षबाटै पक्राउ

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

शिक्षक सरुवा गर्न एक लाख घुस लिने शाखा अधिकृत रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षक अधिकृत (सातौँ तह) शेषकान्त पौडेललाई बिहीबार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियार टोलीले एक लाख रुपैयाँ नगद घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सुझावित समाचार