१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २५ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदानपछि ओलीले भने- नयाँ राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हाेइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार १३:२o:oo

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन्। 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कायम गरिएको संघीय संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं संघीय सांसद ओलीले केहीबेरअघि मतदान गरेका हुन्। 

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आज  निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए। 

उनले भने, ‘नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हाेइन। देशप्रति वफादार भएर काम गर्नुपर्छ। वर्तमान राष्ट्रपतिको भूमिकालाई अंक दिनुपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ। अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन्।’