Skip This
राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २४ बुधबार १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार १८:३o:oo

बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नहुने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मतदानमा तटस्थ बस्ने निर्णय गरेको हो।

आठदलीय गठबन्धनका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको दौडमा छन्। यसअघि एमालेसँगै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले मतदानमा सहभागी नहुने निर्णय गरेको छ।

राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले दुवैबाट निष्पक्ष र अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि तटस्थ बस्ने निर्णय गरेको पार्टी अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बताए।