मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २४ बुधबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन : गुल्मीमा बन्यो वामपन्थी गठबन्धन

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २४ बुधबार १६:३२:००

गुल्मीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा वामपन्थी विद्यार्थीहरूको गठबन्धन बन्ने भएको छ । बुधबार पाँच वामपन्थी विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको घोषणा गरेका हुन् ।

स्ववियुलाई प्रगतिशील विचारधाराले अघि बढाउँदा प्रभावकारी हुने भएकाले सहमति, एकता र सहकार्य गरिएको अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीका अध्यक्ष राजन पोख्रेलले बताए । एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा माओवादी (विप्लव) निकट अखिल (क्रान्तिकारी)बीच जिल्लाका सबै क्याम्पसमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

बुधबार सदरमुकाम तम्घासमा एमाले सचिव गणेश श्रीपाली, माओवादी केन्द्रका सचिव अशोक थापासहित संगठनका नेताहरूबीच सो सहमति भएको हो । सहमतिअनुसार रेसुंगा बहुमुखी क्याम्पस, आदर्श बहुमुखी क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, रुद्रावती बहुमुखी क्याम्पस, रूरू बहुमुखी क्याम्पस र सत्यवती क्याम्पसमा अनेरास्ववियुले अध्यक्ष पदमा नेतृत्व लिनेछ ।

त्यस्तै, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रूरू संस्कृत विद्यापीठको अध्यक्ष पदमा अनेरास्ववियु (क्रान्तिकारी)ले नेतृत्व लिनेछ । अन्य पदहरूमा संगठनहरूको आन्तरिक सहमतिको आधारमा उम्मेदवारको टुंगो लाग्ने अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष शोभाखर गिरिले बताए । 

अनेरास्ववियु (क्रान्तिकारी)ले अध्यक्ष पदमा नेतृत्व लिएको क्याम्पसमा अनेरास्ववियुले सचिव पदमा नेतृत्व लिने र अनेरास्ववियुले अध्यक्ष पदको नेतृत्व गर्दा अनेरास्ववियु (क्रान्तिकारी)ले सचिव पद पाउने तथा अन्य पदमा आन्तरिक सहमतिका आधारमा उम्मेदवार टुंगाउने गिरिले बताए ।