१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियन क्रस कन्ट्रीमा नेपाललाई दुई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२२:oo

 १६औँ एसियाली क्रस कन्ट्रीमा नेपालले दुई स्वर्ण जितेको छ । नेपालले मंगलबार गोकर्ण गल्फ कोर्समा आयोजना भएको एसियाली क्रस कन्ट्रीमा थप चार रजत र एक कांस्य हात पारेको छ ।

नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम इभेन्ट्समा स्वर्ण पदक जितेको हो । सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जिते । यसैगरी, सिनियर महिला र जुनियर महिलामा नेपालले दुई–दुई रजत हात पारेको छ । जुनियर पुरुषतर्फको प्रतिस्पर्धामा नेपालले टिम इभेन्टमा कांस्य पदक जित्यो । 

नेपाल एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा नेपालले सहभागिता जनाएको आठमध्ये सात इभेन्टमा पदक हात पारेको हो । सिनियर पुरुषमा जापानका डाइची कामिनो दोस्रो भएका छन् । सिनियर पुरुष टिम इभेन्टमा नेपाललाई दीपक, मुकेश र दीपक सुहानले स्वर्ण पदक दिलाएका हुन् ।

यसैगरी, सिनियर महिलातर्फको १० किमि दौडमा नेपालका राजपुरा पछाईले रजत पदक हात पारे । टिम इभेन्टमा पनि नेपालले रजत पदक जित्यो । प्रतियोगिताको जुनियर पुरुष यू–२० को आठ किलोमिटर दौडमा नेपाली टोलीले कांस्य पदक जितेको छ । 

नेपालकी राममाया बुढाले महिला जुनियर ६ किलोमिटर दौडमा रजत पदक जितिन् । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रतियोगितामा ११ राष्ट्रका ६५ खेलाडीको सहभागिता रहेको थियो । 

ad
ad