मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २३ मंगलबार १३:४८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २३ मंगलबार १३:४८:००

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाउँ र जिल्ला प्रहरी कार्यालय टेकुलाई सहयोग गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको हो । मालीगाउँ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको जनाएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाउँका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, बैंकको शंखमूल शाखाले जिल्ला प्रहरी कार्यालय टेकुलाई फ्लोरेसन ज्याकेट हस्तान्तरण गरेको छ । रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूको जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय टेकुका प्रहरी उपरीक्षक सीताराम रिजाललाई शंखमूल शाखाका प्रमुख पुन्य श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।