भारतको रुससँगको कच्चा तेलको आयात फेब्रुअरीमा सर्वाधिक १६ लाख ब्यारेल प्रतिदिन पुगेको छ । यो भारतको परम्परागत आपूर्तिकर्ता साउदी अरब र इराकको संयुक्त आयातभन्दा पनि बढी हो । तेल आयात–निर्यातको विवरण राख्ने भर्टेक्साका अनुसार भारतले आयात गरेको तेलको एकतिहाइभन्दा बढी आपूर्तिकर्ता रुस बनेको छ ।
रुस लगातार पाँचौँ महिनामा पनि भारतको ठूलो आपूर्तिकर्ता बनेको हो । रुस–युक्रेनबीच एक वर्षअघि सुरु भएको युद्धपहिले भारतको तेल आयातमा रुसको हिस्सा एक प्रतिशतभन्दा पनि कम थियो । तर, गत महिनामा ३५ प्रतिशतले बढेर १६.२० लाख ब्यारेल प्रतिदिन पुगेको छ ।
अमेरिका र साउदीबाट कम खरिद : रुसबाट भारतको आयात बढ्दा यसको असर साउदी अरब र अमेरिकाबाट हुने आयातमा परेको छ । साउदीबाट आयात हुने तेल मासिक रूपमा १६ प्रतिशतले घटेको छ । जब कि, अमेरिकाबाट हुने आयातमा ३८ प्रतिशतले गिरावट आएको छ । भर्टेक्साका अनुसार रुसबाट भारतले अहिले जति तेल आयात गरिरहेको छ, दशकौँदेखि रुसका आपूर्तिकर्ता रहेका साउदी र इराकबाट गरिने कुल आयातभन्दा पनि बढी हो ।
इराकमार्फत दैनिक नौ लाख ब्यारेल सप्लाई : इराकले फेब्रुअरीमा नौ लाख ४० हजार ब्यारेल तेल प्रतिदिन आपूर्ति गरेको छ, जबकि साउदीले प्रतिदिन करिब साढे ६ लाख तेल आपूर्ति गरेको छ । यो पछिल्लो १६ महिनामा इराक र साउदीबाट भएको सर्वाधिक कम आपूर्ति हो । गत महिना संयुक्त अरब इमिरेट्स (दुबई) ले भारतलाई चार लाख ४५ हजार ब्यारेल प्रतिदिन आपूर्ति गरी अमेरिकालाई पछाडि पारेको थियो । अमेरिकाले भने प्रतिदिन करिब ढाइ लाख ब्यारेल आपूर्ति गरेको थियो ।
रुसी तेलले भारतीय कम्पनीलाई फाइदा : भर्टेक्सा प्रमुख सेरेनाका अनुसार रुसबाट आयात हुने सस्तो कच्चा तेलले भारतीय तेल प्रशोधक कम्पनीलाई फाइदा पुगेको छ । आगामी दिनमा पनि यो सिलसिला जारी रहने बताइएको छ । रुस–युक्रेन युद्धपछि पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धबाट छुटकरा पाउन भारतले यतिबेला कच्चा तेल अत्यधिक बिक्री गरिरहेको छ ।