मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण २० शनिबार
  • Thursday, 18 September, 2025
रासस काठमाडौं
२o७९ फाल्गुण २० शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केही ठाउँमा हल्का हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २० शनिबार १२:o१:oo

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। 

आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ।