१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १२:४६:oo

बागलुङको जैमिनी नगरपालिका– ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको बीभत्स हत्या गरेका थिए। 

घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ। टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ग‌ंगाबहादुर थापाले बताए।

हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए।

छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो। 

अहिले बालिकाको शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ। सायरले के–कति कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले बताए। 

ad
ad